बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राजस्व चुहावट आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आइतबार, २३ माघ २०७८, २० : ५९
आइतबार, २३ माघ २०७८

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय पथलैयाले अभियुक्तहरू विरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको हो । 

कलैया–७ बारास्थित अभि ट्रेडर्सका सवारी चालक विशाल राईले प्लाष्टिकको दाना बोकेको ट्रकमा ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ओसारपसार गर्ने क्रममा प्रहरीले बरामद गरेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार राईसहित सिन्धुली भीमस्थान–४ का ४० वर्षीय मुकुन्दप्रसाद काफ्ले, पर्साको वीरगञ्ज महानगरपालिका–२२ का ३८ वर्षीय इन्तयाजुल हक मंसुरी, सोही वडाका ३५ वर्षीय इन्ताज मन्सुरी, पर्साकै वगही–९ का २५ वर्षीय रुपेश तिवारी, देवलाल कुशवाहा र धादिङ गजुरी–४ का अन्दाजी ४० वर्षीय सन्तोष नेपाली विरुद्ध मुद्दा दायर भएको हो । 

प्रतिवादीविरुद्ध ५८ लाख ७९ हजार ७४६ रुपैयाँ बिगो र राजस्व रकमको ब्याजसमेत मागदाबी गरिएको छ । साथै, बरामद बिलविजक र भन्सार प्रज्ञापनपत्र बिनाको ३१ पोका कपडा पनि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम जफल मागदाबी विभागले गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप