एमसीसी निष्कर्षमा पुर्याउनेबारे छलफल सकारात्मक : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका धेरै विषयहरूमा गम्भीरतापूर्वक छलफल गरिएको बताउँदै आगामी बैठकले त्यसलाई निष्कर्षमा पुर्याउने बताएका छन् । काँग्रेस नेता समेत रहेका कार्कीले सरकार एमसीसी चाँडो संसद्बाट निष्कर्षमा पुगोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारेका हुन् ।
मन्त्री कार्कीले भने, ‘त्यहाँ धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन । चाहे संसद्लाई प्रभावकारी बनाउने विषयमा होस् । चाहे एमसीसी एउटा अनुदान हो । यसलाई संसद्बाट छलफल गरेर एउटा निष्कर्षमा पुर्याउने यी विषयहरूमा सकारात्मक ढंगले छलफल भएका छन । र, आगामी छलफलले यसलाई एउटा निष्कर्षमा पुर्याउने बुझाई मेरो छ । एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्याउने दिशामा एउटा सकारात्मक छलफल भएको छ ।’ मन्त्री कार्कीले एमसीसी अनुमोदनको विषयलाई चुनावभन्दा पछाडि लैजान नहुने धारणा समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण