शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी निष्कर्षमा पुर्‍याउनेबारे छलफल सकारात्मक : मन्त्री कार्की

आइतबार, २३ माघ २०७८, १९ : ५४
आइतबार, २३ माघ २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका धेरै विषयहरूमा गम्भीरतापूर्वक छलफल गरिएको बताउँदै आगामी बैठकले त्यसलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । काँग्रेस नेता समेत रहेका कार्कीले सरकार एमसीसी चाँडो संसद्बाट निष्कर्षमा पुगोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारेका हुन् । 

मन्त्री कार्कीले भने, ‘त्यहाँ धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन । चाहे संसद्लाई प्रभावकारी बनाउने विषयमा होस् । चाहे एमसीसी एउटा अनुदान हो । यसलाई संसद्बाट छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउने यी विषयहरूमा सकारात्मक ढंगले छलफल भएका छन । र, आगामी छलफलले यसलाई एउटा निष्कर्षमा पुर्‍याउने बुझाई मेरो छ । एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्‍याउने दिशामा एउटा सकारात्मक छलफल भएको छ ।’ मन्त्री कार्कीले एमसीसी अनुमोदनको विषयलाई चुनावभन्दा पछाडि लैजान नहुने धारणा समेत राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप