आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानूनमन्त्रीको प्रस्ताव

आइतबार, २३ माघ २०७८, १८ : ३५
आइतबार, २३ माघ २०७८

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।

बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।

एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप