शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनको घोषणा अबको क्याबिनेट बैठकबाट हुने

आइतबार, २३ माघ २०७८, १८ : ३०
आइतबार, २३ माघ २०७८

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ । निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्नेछ । 

आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।  चुनावको सन्दर्भमा यसअघि नै गठबन्धनमा पनि सहमति भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप