तीन दलको बैठकमा एमालेको बटमलाइन : सभामुखको मार्गप्रशस्त, त्यसपछि सदन सञ्चालन
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो ।
बैठकमा सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन असमर्थ भएको एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ । बैठकपछि महासचिव शंकर पोखरेलले भने, 'हामी प्रतिनिधिसभा बैठकमा उपस्थित भएर राष्ट्रिय मुद्दाहरुको छलफलमा भाग लिन चाहन्छौँ । तर हामीलाई प्रतिनिधिसभामा उपस्थितिका लागि वातावरण तयार गर्ने कुरा सत्तापक्षको जिम्मेवारीको कुरा हो । सत्तापक्षले अहिलेसम्म त्यो भूमिका निर्वाह गर्ने त्यो काम गर्न सकेको छैन । र विशेष गरी सभामुखको भूमिकाका कारणले गर्दा खेरी हामी प्रतिनिधिसभामा उपस्थित हुन गाह्रो भएको छ । हामीले आफ्ना असहमतिहरू लामो समयदेखि राख्दै आएका छौँ । त्यो विषयलाई सत्तापक्षले आजसम्म पनि सम्बोधन गरेको छैन । हामी फेरी पनि सत्तापक्षलाई आग्रह गर्न चाहन्छौँ–प्रतिनिधिसभामा हाम्रो उपस्थिति आवश्यक छ भन्ने कुरा सत्तापक्षले महसुस गर्छ भने हाम्रा मुद्दाहरूलाई सम्बोधन गरोस् । पहिलो कुरा जे कमजोरी सभामुखबाट आएको छ, त्यो कमजोरी सच्याउने दिशातर्फ अगाडि बढोस् । खास गरी १४ जना गैर सांसदहरूलाई राखेर प्रतिनिधिसभा सञ्चालन गर्ने जुन काम भइराखेको छ । त्यो अविलम्ब रोक्नु पर्छ । गैर सांसदको उपस्थितिमा प्रतिनिधिसभा अगाडि बढ्न सक्ने र प्रतिनिधिसभा नियमावलीको पनि त्यो अनुमति दिँदैन । सांसदहरुद्वारा मात्रै प्रतिनिधिसभा चल्न सक्छ भन्ने मान्यतालाई लोकतन्त्रमा स्थापित गर्न जरुरी छ । दलले कारबाही गरिसकेका व्यक्तिलाई राखेर संसद् चलाउने कुराप्रति हाम्रो असहमति छ । त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ । र सदन सुचारु गर्ने कुरा चाहिँ गठबन्धन सरकारको जिम्माको कुरा हो । सरकारको जिम्माको कुरा हो भन्ने कुरा हामीले राखेका छौँ ।' प्रतिपक्षीको माग र चासोको सन्दर्भमा प्रधानमन्त्रीसहितले छलफलबाट समाधानको पहल थाल्नु भने सकारात्मक भएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण