शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दलको बैठकमा एमालेको बटमलाइन : सभामुखको मार्गप्रशस्त, त्यसपछि सदन सञ्चालन

आइतबार, २३ माघ २०७८, २० : ००
आइतबार, २३ माघ २०७८

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई बटमलाइन बनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुखको बहिर्गमनलाई मुख्य एजेण्डा बनाएको हो । 

बैठकमा सभामुखको भूमिकाका कारण प्रतिनिधिसभामा उपस्थित हुन असमर्थ भएको एमालेले बताएको थियो । आफूहरुको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ । बैठकपछि महासचिव शंकर पोखरेलले भने, 'हामी प्रतिनिधिसभा बैठकमा उपस्थित भएर राष्ट्रिय मुद्दाहरुको छलफलमा भाग लिन चाहन्छौँ । तर हामीलाई प्रतिनिधिसभामा उपस्थितिका लागि वातावरण तयार गर्ने कुरा सत्तापक्षको जिम्मेवारीको कुरा हो । सत्तापक्षले अहिलेसम्म त्यो भूमिका निर्वाह गर्ने त्यो काम गर्न सकेको छैन । र विशेष गरी सभामुखको भूमिकाका कारणले गर्दा खेरी हामी प्रतिनिधिसभामा उपस्थित हुन गाह्रो भएको छ । हामीले आफ्ना असहमतिहरू लामो समयदेखि राख्दै आएका छौँ । त्यो विषयलाई सत्तापक्षले आजसम्म पनि सम्बोधन गरेको छैन । हामी फेरी पनि सत्तापक्षलाई आग्रह गर्न चाहन्छौँ–प्रतिनिधिसभामा हाम्रो उपस्थिति आवश्यक छ भन्ने कुरा सत्तापक्षले महसुस गर्छ भने हाम्रा मुद्दाहरूलाई सम्बोधन गरोस् । पहिलो कुरा जे कमजोरी सभामुखबाट आएको छ, त्यो कमजोरी सच्याउने दिशातर्फ अगाडि बढोस् । खास गरी १४ जना गैर सांसदहरूलाई राखेर प्रतिनिधिसभा सञ्चालन गर्ने जुन काम भइराखेको छ । त्यो अविलम्ब रोक्नु पर्छ । गैर सांसदको उपस्थितिमा प्रतिनिधिसभा अगाडि बढ्न सक्ने र प्रतिनिधिसभा नियमावलीको पनि त्यो अनुमति दिँदैन । सांसदहरुद्वारा मात्रै प्रतिनिधिसभा चल्न सक्छ भन्ने मान्यतालाई लोकतन्त्रमा स्थापित गर्न जरुरी छ । दलले कारबाही गरिसकेका व्यक्तिलाई राखेर संसद् चलाउने कुराप्रति हाम्रो असहमति छ । त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ । र सदन सुचारु गर्ने कुरा चाहिँ गठबन्धन सरकारको जिम्माको कुरा हो । सरकारको जिम्माको कुरा हो भन्ने कुरा हामीले राखेका छौँ ।' प्रतिपक्षीको माग र चासोको सन्दर्भमा प्रधानमन्त्रीसहितले छलफलबाट समाधानको पहल थाल्नु भने सकारात्मक भएको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप