आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

आइतबार, २३ माघ २०७८, १७ : ५०
आइतबार, २३ माघ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेका छन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप