आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भोलिदेखि यातायातमा जोरबिजोर हटाउन सिफारिस

आइतबार, २३ माघ २०७८, १७ : ४३
आइतबार, २३ माघ २०७८

कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।

त्यस्तै समितिले शिक्षा मन्त्रालयलाई  १२ वर्षभन्दा कम उमेरका विद्यार्थीका लागि विद्यालय आलोपालो दिनमा खोल्न सिफारिस गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि प्रवक्ता सुनिता नेपालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप