रुसलाई विन्टर ओलम्पिकमा पहिलो स्वर्ण
आइतबार, २३ माघ २०७८, १७ : १९
अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी (आरओसी) ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ । आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन् ।
रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ । उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ । अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए । आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जिते ।
हालसम्म १३ देशले पदक जित्दा ७ देशले स्वर्ण पदक हात पारेका छन् । दुई स्वर्ण जितेको नर्वे शीर्ष स्थानमा छ । रुससँगै स्लोभेनिया, चीन, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्विडेनले एक(एक स्वर्ण पदक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा बारम्बार कोरम नपुग्ने समस्या, बैठक गलफतीमै सीमित
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज