शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणदर निरन्तर ओरालो : २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि

आइतबार, २३ माघ २०७८, १९ : ५४
आइतबार, २३ माघ २०७८

पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । 

यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । 

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप