शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएः प्रदीप ज्ञवाली

आइतबार, २३ माघ २०७८, १९ : ५३
आइतबार, २३ माघ २०७८

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएको  बताएका छन् ।  ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको आरोप समेत लगाएका छन् ।

प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘एमाले चुनाव फेस गर्न तयार  छ । तर सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ ।’ उनले मुलुकको निकास ताजा जनादेशबाट प्राप्त  हुने भएकोले समयमा स्थानीय तहको चुनाव गर्नुपर्ने माग राखे । साथै, अहिलेको सरकारले  निकै  अस्तव्यस्त सिर्जना गराएको आरोप पनि लगाए । 

ज्ञवालीले देशको वर्तमान अवस्था आन्तरिक र बाह्य हिसाबले चुनौतीपूर्ण देखिएको भन्दै संविधानले स्थानीय तह एक दिन पनि रिक्त नहुने व्यवस्था गरे पनि त्यसलाई छलेर अनेक बहाना रचिरहेको बताए । 
उनले एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने भन्दै माओवादीले एमसीसीमा दोहोरो भूमिका खेलेको आरोप लगाए । एमसीसीप्रति सभामुखको धारणा विवादास्पद रहेको बताउँदै सभामुखले संसदको ढोका बन्द गरेको जिकिर उनको थियोे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप