एमसीसीको असर पुँजीबजारसम्म, नेप्सेमा एकैदिन ४० अङ्कको गिरावट
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्नेबारे विवाद चुलिँदा नेपालको पुँजीबजारसम्म परेको छ । सत्तारुढ गठबन्धनका नेताहरू र अमेरिकाबीच भएको पत्राचारले अन्यौलपूर्ण स्थिति निम्त्याएपछि सेयर बजार परिसूचक नेप्से एकैदिन ४० अङ्कले घटेको हो ।
साताको पहिलो दिन आइतबार नेप्सेमा ४०.५७ अङ्कको पहिरो गएको छ । सूचक २८३६.१७ अङ्कमा झर्दा सबै उपसमूहका सूचक ऋणात्मक छन् । एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा कारोबार भएको छ । जीवन बीमा उपसूचक ३.५७ प्रतिशतले घटेको छ ।
आज नेपाल हाइड्रो डेभलपर लिमिटेड (एनएचडीएल) को सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सो कम्पनीको सेयरमूल्यमा . प्रतिशत बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था (डब्ल्यूएनएलबी) का सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको सेयर १० प्रतिशतले घटेको हो ।
एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताघटक नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पठाएको पत्र एवम् अमेरिकाबाट प्राप्त प्रत्युत्तरका कारण निम्तिएको अन्योलमा पुँजीबजारका लगानीकर्ता पनि दपेटिएका हुन् । अमेरिकाले देउवा र दाहाललाई फेब्रुअरी २८ भित्रै एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न, अन्यथा सहायता फिर्ता लिने चेतावनी दिएको छ ।
पछिल्लो घटनाक्रमले एकातिर सत्ता गठबन्धनमा दरार उत्पन्न गराएको छ भने अर्कातिर नेपाललाई प्राप्त अहिलेसम्मकै ठूलो अनुदान सहायता फिर्ता हुने जोखिम बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण