आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको असर पुँजीबजारसम्म, नेप्सेमा एकैदिन ४० अङ्कको गिरावट

आइतबार, २३ माघ २०७८, १६ : १४
आइतबार, २३ माघ २०७८

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्नेबारे विवाद चुलिँदा नेपालको पुँजीबजारसम्म परेको छ । सत्तारुढ गठबन्धनका नेताहरू र अमेरिकाबीच भएको पत्राचारले अन्यौलपूर्ण स्थिति निम्त्याएपछि सेयर बजार परिसूचक नेप्से एकैदिन ४० अङ्कले घटेको हो । 

साताको पहिलो दिन आइतबार नेप्सेमा ४०.५७ अङ्कको पहिरो गएको छ । सूचक २८३६.१७ अङ्कमा झर्दा सबै उपसमूहका सूचक ऋणात्मक छन् । एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा कारोबार भएको छ । जीवन बीमा उपसूचक ३.५७ प्रतिशतले घटेको छ । 

आज नेपाल हाइड्रो डेभलपर लिमिटेड (एनएचडीएल) को सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सो कम्पनीको सेयरमूल्यमा . प्रतिशत बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था (डब्ल्यूएनएलबी) का सेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको सेयर १० प्रतिशतले घटेको हो । 

एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताघटक नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पठाएको पत्र एवम् अमेरिकाबाट प्राप्त प्रत्युत्तरका कारण निम्तिएको अन्योलमा पुँजीबजारका लगानीकर्ता पनि दपेटिएका हुन् । अमेरिकाले देउवा र दाहाललाई फेब्रुअरी २८ भित्रै एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न, अन्यथा सहायता फिर्ता लिने चेतावनी दिएको छ । 

पछिल्लो घटनाक्रमले एकातिर सत्ता गठबन्धनमा दरार उत्पन्न गराएको छ भने अर्कातिर नेपाललाई प्राप्त अहिलेसम्मकै ठूलो अनुदान सहायता फिर्ता हुने जोखिम बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप