पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् ।
निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताए । पार्टीको कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए । उनले भने– ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’
अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन् । मनोनित २४ जना पदाधिकारीहरु मध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरुले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण