बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् : राजेन्द्र लिङ्देन

आइतबार, २३ माघ २०७८, १५ : ४६
आइतबार, २३ माघ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् । 

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताए ।  पार्टीको कार्यकर्ता र शुभेच्छुकहरुलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने उनले बताए । उनले भने– ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन । निवर्तमान अध्यक्षजीसँग केही विषयहरु छन्, त्यस विषयमा हामी छलफलमा छौँ । र त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हामी निराश बनाउँदैनौ । चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौ ।’

अध्यक्ष लिङ्देनले आइतबार मनोनित गरिएका पदाधिकारीहरूलाई पार्टी कार्यालयमा स्वागत गरेका हुन् । मनोनित २४ जना पदाधिकारीहरु मध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरुले  पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप