बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

युवा संघले सिंहदरबारभित्र उडायो कालो बेलुन

आइतबार, २३ माघ २०७८, १४ : ३८
आइतबार, २३ माघ २०७८

नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ ।  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए । 

संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि केहीलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरीले युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामालगायतलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप