सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपात र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु

आइतबार, २३ माघ २०७८, १४ : २९
आइतबार, २३ माघ २०७८

पछिल्लो २४ घण्टामा हिमपात  र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ वटा घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार जुम्लाको तातोपानी गाउँपालिका ७ बारा गाउँ नजिकैको जंगलमा बस्ने ४० वर्षीय एक पुरुषको हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ भने सोही गाउँपालिका ८ टोप्ला बस्ने एक महिलाको पनि हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ । उता खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा एक १८ वर्षीय किशोरीको जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा  कपडामा आगो सल्किएर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

त्यस्तै सिरहा कल्याणपुर नगरपालिका ५ मा पनि एक ५५ वर्षीय महिलाको जलेर मृत्यु भएको छ । आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा अचानक शरीरमा आगो सल्किएर उनको मृत्यु भएको प्राधिकरणद्वारा जारी दैनिक बुलेटिनमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप