एनआइबीएलको ‘गज्जब ६ मुद्दती खाता’
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) ले ३६ औं वार्षिकोत्सव अवसरमा ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकहरूलाई आइपर्ने आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति निम्ति यो योजना सहयोगीसिद्ध हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार सो मुद्दती खातामा राखेको निक्षेप रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने, न्यूनतम १० हजार रुपैयाँमा मुद्दती खाता खोल्न सकिने, निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने र साँवा तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
एनआइबीएलले सात प्रदेशमा ८८ शाखा, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटीएममार्फत बैंकिङ सेवा दिइरहेको छ । यो बैंकले पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाएको छ । साथै, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत