बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

आइतबार, २३ माघ २०७८, १३ : ३०
आइतबार, २३ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् । 

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँका​ अनुसार समसामयिक विषयमा छलफल हुने छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले  आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । आजको भेटमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । साथै ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि भेटमा जाने भएका छन् ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीबाट बहिगर्मनपछि असार ३० गते ओलीले बालुवाटार छोडेका थिए । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप