आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट ९ सय एम्पुल लागुऔषध सहित दुई युवा पक्राउ

आइतबार, २३ माघ २०७८, १२ : ४५
आइतबार, २३ माघ २०७८

काठमाडौं महानगरपालिका–३१ स्थित नरेफाँट मनहरा करिडोरबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएर अहिले ललितपुरको इमाडोल बस्दै आएका २० वर्षीय अनुज मण्डल र २० वर्षीय अबिशेष शाह छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले अरोपीहरुको साथबाट ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल नुफ्रिन र ३ सय एम्पुल फेनारगन बरामद गरेको छ ।

आरोपीहरुमाथि लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ‘एसपी’ दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप