एनआरएनएमा साइबर क्राइमको आरोप, विवाद पुग्यो प्रहरीमा
गैरआवासीय नेपाली संघ (एनआएरएनए)मा साइबर अपराधको आरोप लागेको छ । आसन्न निर्वाचनका लागि तयार पारिएको इलेक्ट्रोनिक भोटिङ सिस्टममा अनधिकृत पहुँच राख्न खोजेको भन्दै कुल आचार्य समूहले संस्थापन पक्षविरुद्ध उजुरी गरेको हो ।
गैरआवासीय नेपाली संघका प्रतिनिधिले त्यसबारे अनुसन्धान गरिदिन भन्दै साइबर ब्यूरोमा निवेदन दिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए । अर्यालले भने– ‘हामी त्यो निवेदन विश्लेषण गर्दै छौं ।’ आचार्य समूहले विद्युतीय मतदान प्रक्रियामा संस्थापन समूहले अनधिकृत पहुँच राखेर ‘फर्जी मत’ हाल्न सक्ने आचार्य समूहको चिन्ता छ । अनुसन्धानपछि यथार्थ थाहा हुने एसएसपी अर्यालले बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०७८ कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन सरेको थियो । महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले भनेपछि २०७८ फागुन १६ भित्र महाधिवेशन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा