शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, २३ माघ २०७८, ११ : ५७
आइतबार, २३ माघ २०७८

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मृतकको सनाखत हुन बाँकी रहेको छ ।  गएराती पौने १२ बजे बा १९ च ९१५७ नम्बरको जिपले लु २४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप