बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

आइतबार, २३ माघ २०७८, ११ : ५१
आइतबार, २३ माघ २०७८

साँफे–मार्तडी सडकखण्ड अन्तरंग बाजुराको बुढीगंगा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ बर्षीय बल सुनार रहेका छन् । 

उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राती पौने २ बजे मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ । 

फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप