शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जानी राखौँ :  बालोपयोगी केही सामान्य ज्ञान

आइतबार, २३ माघ २०७८, ११ : ४५
आइतबार, २३ माघ २०७८

१, सबैभन्दा बढी वडासङ्ख्या भएको महानगरपालिकामा कुन हो ?

(क) काठमाडौँ महानगरपालिका, (ख) पोखरा महानगरपालिका, (ग) भरतपुर महानगारपालिका, (घ) विराटनगर महानगरपालिका

२, हालै सम्पन्न प्रदेशसभाको वैठकले प्रदेश २ को नाम के राखेको छ ?

(क) जानकी, (ख) मिथिला, (ग) भोजपुरा, (घ) मधेश

३, सर्वप्रथम मानिसमा सुङ्गुरको मुटु प्रत्यारोपण गर्ने काम कहिले भएको हो ?

(क) जनवरी ७, २०२२, (ख) जनवरी ८, २०२२, (ग) जनवरी ९, २०२२, (घ) जनवरी १०, २०२२

४, नेपाल एकीकरणका बेला त्रिशक्ति भनेर चिनिने राज्य कुनकुन हुन् ?

(क) तनहुँ, लमजुङ् र कास्की, (ख) स्याङ्जा, कास्की र तनहुँ, (ग) पालपा, लमजुङ र तनहुँ, (घ) पालपा, कास्की र स्याङ्जा

५, नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?

(क) शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, (ख) खप्तड राष्ट्रिय निकुञ्ज, (ग) बर्दिया राष्ट्रिय निकुञ्ज, (घ) चितवन राष्ट्रिय निकुञ्ज

६, नेपालको विद्युत तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?

(क) त्रिशूली नुवाकोट, (ख) फर्पिङ काठमाडौँ, (ग) देवीघाट नुवाकोट, (घ) बेनीघाट धादिङ 

७, रातो ग्रह भन्नाले कुन ग्रहलाई बुझाउँछ ?

(क) मङ्गल, (ख) बुध, (ग) बृहस्पति, (शुक्र)

८, सन् २०२१ मा विश्वकप टी–२० प्रतियोगिता कुन देशले जितेको थियो ?

(क) न्यूजिल्याण्ड, (ख) इङ्गल्याण्ड, (ग) भारत, (घ) अष्टे«लिया

९, नेपालको सबैभन्दा ठूलो मानपदवी ‘नेपालरत्न’ मरणोपरान्त कसलाई प्रदान गरिएको छ ?

(क) पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, (ख) पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, (ग) पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, (घ) पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य

१०, नेपालको सबैभन्दा पुरानो बैङ्क कुन हो ?

(क) नेपाल बैङ्क, (ख) वाणिज्य बैङ्क, (ग) कृषिविकास बैङ्क, (घ) राष्ट्र बैङ्क

११, विश्वमा सबैभन्दा बढी दूध उत्पादन गर्ने देश कुन हो ?

(क) चीन, (ख) भारत, (ग) अमेरिका, (घ) क्यानाडा

१२, महाभारतको युद्ध कति दिनसम्म चलेको थियो ?

(क) १६ दिन, (ख) १७ दिन, (ग) १८ दिन, (घ) १९ दिन

१३, भगवान् श्रीकृष्ण पृथिवीमा कति वर्ष बसेका थिए ?

(क) १२५ वर्ष, (ख) १२० वर्ष, (ग) ११० वर्ष, (घ) १०० वर्ष

१४, धर्मको कति पाउ हुन्छ ?

(क) ३ पाउ, (ख) ४ पाउ,  (ग) ५ पाउ, (घ) ६ पाउ

 

उत्तरहरू :– १–(ख), २–(घ), ३–(क), ४–(ग) ५–(क) ६–(ख), ७–(क), ८–(घ), ९–(ग), १०–(क), ११–(ख), १२–(ग), १३–(क) १४–(ख)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप