बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट १८ सय एम्पुल लागुऔषधसहित एक युवक पक्राउ

आइतबार, २३ माघ २०७८, ११ : ०३
आइतबार, २३ माघ २०७८

काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले लागु औषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–९ घर भएका २१ वर्षीय संजय कुमार महतो छन् ।

रौतहटको गौरबाट ना.७ ख ४७४९ नम्बरको बसमा काठमाडौं आएका महतोलाई शनिवार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

उनको साथबाट प्रहरीले ६ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन बरामद गरेको छ । आरोपीलाई लागु औषध नियन्त्रण ऐन अनुसार महानगरीय प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप