शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

लता मंगेशकरको निधनमा मोदीको भावुक सन्देश

आइतबार, २३ माघ २०७८, १० : ५९
आइतबार, २३ माघ २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर चर्चित गायिका लता मंगेशकरको निधनमा गहिरो शोक जताएका छन् । मोदीले ट्वीट गरेर भने, ‘म आफ्नो दुःखको बयान शब्दमा गर्न सक्दिनँ । दयालु र सबैको ख्याल राख्ने लता दिदीले हामीलाई छोडेर जानुभयो । लता दिदीको कमीको भरपाई कहिल्यै हुने छैन । अबका पीढिले उनलाई भारतीय संस्कृतिकी उपदेशकको रुपमा स्मरण गर्नेछन् । उनको आवाजमा मानिसहरुलाई मन्त्रमुग्ध गर्ने अतुलनीय क्षमता थियो ।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘लता दिदीको गीत हरेक प्रकारको भावले युक्त हुन्थे । उनले थुप्रै दशकसम्म भारतीय फिल्ममा भएको परिवर्तनलाई निकटताले हेरिन् । फिल्मभन्दा भिन्न उनी भारतको प्रगतिको विषयमा सधैँ उत्साहित रहेकी थिइन् । उनी सधैँ एक बलियो र विकसित भारत चाहन्थिन् ।’

मोदीले आफ्नो तेस्रो ट्वीटमा लेखका छन्, ‘मेरा लागि यो सम्मानको कुरा हो कि मैले लता दिदीबाट अपार स्नेह पाएँ । उनीसँग भएका कुराकानी मेरा लागि सधैँ अविस्मरणीय हुनेछन् । मैले उनको परिवारका सदस्यसँग कुरा गरेँ र श्रद्धाञ्जली दिएँ । ओम शान्ति ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप