हुम्लामा हिमपात : खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।
एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ ।
दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।
हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रीको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । हिमपातले हवाई सञ्चालनमा आउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक आउने गरेको तरकारी, र मासु हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।
सदरमुकाम सिमकोटदेखि करिब ११ किलोमिटर गाडी सञ्चालन हुने खार्पु सडकखण्डसमेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दूरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिटभन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिको जिल्लाको उच्च पालिकामा पर्ने भएकाले यहाँ जिल्लाको सबैभन्दा बढी हिमपात हुने गर्दछ । यस क्षेत्रमा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नलाई समेत कठिनाइ भएको छ । हिल्सा, न्यालु, यारी लगायतका क्षेत्रको आवतजावत बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने