अक्षरारम्भ गर्दै बालबालिका, तस्बिरमा हेर्नुहोस्
प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिनेछ ।
विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् । यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
यता स्वयम्भू पुग्दा भित्ताभरि अङ्ग्रेजी र नेपाली अक्षर लेखिएका थिए । बालबालिकादेखि वृद्ध वृद्धा पनि चक लिएर भित्तामा आफ्नो नाम लेखेर रमाइरहेका थिए । स–साना बालबालिकाका अभिभावक हात समातेर उनीहरूलाई अक्षरसँग परिचित गराइरहेका छन् । कुनै न कुनै तरिकाले स्वयम्भू परिसरमा रहेको सरस्वती मन्दिरमा सबै उमेर समूहका मानिसहरू अक्षरारम्भ गरिरहेका छन् ।
“यो हाम्रो पहिल्यैदेखि चलिआएको चलन हो । ससाना बाबु नानीलाई आजको दिनदेखि अक्षर लेख्न सिकाउने र उनीहरूलाई अक्षरसँग परिचित गराउने दिनको रूपमा सरस्वती पूजालाई लिने गरिन्छ । त्यसैले मैले पनि मेरो नानीलाई लिएर यहाँ आएको छु,” आफ्नी २ वर्षे छोरी लिएर स्वयम्भू आएका श्याम तामाङले रातोपाटीलाई बताए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण