युएईमा भव्य रुपमा मनाइयो नेपालको राष्ट्रिय दिवस
संयुक्त अरब इमिरेट्स (युएई)मा नेपालको राष्ट्रिय सम्मान दिवस भव्य रुपमा मनाइएको छ । अवुधावीस्थित नेपाली राजदूवासका अनुसार दुबईमा भैरहेको ‘एक्स्पो २०२० दुबई’ मा सहभागी प्रत्येक राष्ट्रहरुको सम्मानस्वरुप राष्ट्रिय दिवस मनाउने परम्पराअनुसार माघ २० गते नेपाली राष्ट्रिय दिवस मनाइएको हो ।
एक्स्पोस्थित अल वासल प्लाजामा सम्पन्न सो कार्यक्रममा नेपालको तर्फबाट राजदूत कृष्णप्रसाद ढकाल र युएईको तर्फबाट परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोग सहायक मन्त्री याकुव युसेफ अल होसनीसहितको प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल र युएईको झन्डोत्तोलन एवम् राष्ट्रिय गानसँगै औपचारिक रुपमा कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालले कोभिड १९ ले सिर्जना गरेको यस कठिन परिस्थितिमा पनि सफलतापूर्वक एक्स्पो आयोजना गरेकोमा युएई सरकारलाई बधाई दिएका थिए । उनले युएईले आफ्नो स्थापनाको ५० औं वर्षमा शिक्षा, स्वास्थ्य, प्रविधि लगायतका क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा पनि गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै युएईका सहायक मन्त्री होसनीले युएइ र नेपालबीच गौरव गर्न लायक सम्बन्ध रहेको उल्लेख गर्दै युएईका विकास र समृद्धिमा लाखौं नेपालीले गरेको योगदानको प्रशंसा गरे । उनले नेपालमा तिव्र विकासका सम्भावना रहेका क्षेत्रहरुको चर्चा गर्दै जलविद्युत तथा पर्यटन आदि क्षेत्रको विकासमा दुई देशबीच सहकार्य हुनसक्ने बताए ।
सो अवसरमा नेपाली कलाकारहरुको एक टोलीले हिमाल, पहाड, तराईको प्रतिनिधित्व हुनेगरी लोकबाजा, गीत र नृत्यु प्रस्तुत गरेको थियो । सो कार्यक्रममा नेपाली समुदाय लगायतको ठूलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
सोही दिन साँझ एक्स्पोको मुख्य हल अल वास्ल प्लाजाको भव्य स्क्रिनमा नेपालको राष्ट्रिय झण्डाको भव्य प्रदर्शनी गरिएको थियो, जसलाई ठूलो संख्यामा उपस्थित दर्शकहरुले ताली बजाएर अभिवादन गरेका थिए ।
नेपाल विगत ३५ वर्षदेखि निरन्तर एक्स्पोमा सहभागी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट