शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

शनिबार, २२ माघ २०७८, २० : ५१
शनिबार, २२ माघ २०७८

झापामा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दार्जिलिङ बतासे बस्ने २५ वर्षीय मो.सुल्तान र सोही ठाउँ बस्ने २७ वर्षीय रञ्जित गणेश रहेका छन् । उनीहरुलाई प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बिओपी) ज्यामिरगढीको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका भारतीय नागरिकबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको र उनीहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी प्रहरी अगाडि बढाइने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप