शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमणमुक्त हुने एक्लो जिल्ला बन्यो मनाङ

शनिबार, २२ माघ २०७८, १७ : ५६
शनिबार, २२ माघ २०७८

मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।

हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । काठमाडौँमा मात्रै १३ हजार ८६ जना संक्रमित रहेका छन् भने ललितपुरमा ९ हजार ३२६ तथा भक्तपुरमा ३ हजार ५८३ जना सक्रिय संक्रमित रहेका छन् । 

नेपालमा संक्रमण दरमा गिरावट आइरहेको छ । हाल नेपालमा समग्र संक्रमण दर २०.१ प्रतिशत रहेको छ । यसमा पीसीआर विधिबाट २१.१ प्रतिशत तथा एन्टिजेन विधिबाट १८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमित मध्ये ५१ हजार ४३४ जना होम आइसोलेसनमा, १ हजार ३४६ जना संस्थागत आइसोलेसनमा, २५१ जना आईसीयूमा तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप ४७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

कोभिड–१९ को सङ्क्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ८०३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड ५४ लाख ८२  हजार ८७ जनाले पूर्ण मात्रा र १ करोड ७७ लाख ४० हजार ८३५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप