सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन

शनिबार, २२ माघ २०७८, १६ : ५८
शनिबार, २२ माघ २०७८

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । 

कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराए । मन्त्री कार्कीले भने, ‘फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसै गरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु । देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैत्री सेवा पुर्‍याउने नै छ ।’

मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरूलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम समक्ष हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप