शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बेमौसमी वर्षा : देशभर ५ जनाको मृत्यु, ११ जना घाइते

शनिबार, २२ माघ २०७८, १६ : ३२
शनिबार, २२ माघ २०७८

बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणका अनुसार माघ २१ गतेदेखि २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको छ ।

धनुषाको सबैला न.पा.- १२ श्री फकिरचन उ.मा.वि.को प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचिई टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै मृत्यु, वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु छ । यता सुर्खेतको भेरीगंगा न.पा.- ११ साँदीखोला बस्ने वर्ष ३५ की एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी सख्त घाइते भई उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै सल्यानको बनगार कुपिण्डे न.पा.७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको प्राधिकरणले जनाएको छ । रौतहटको बौधीमाई न.पा.-१ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाइते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ वटा बाख्रा समेत मरेको प्राधिकरणले जानकारी दिएको छ । वर्षाका कारण ५ स्थानमा सडकमा अवरोध पुगेको छ भने ३ चौपाया पनि मरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप