शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा माओवादीका प्रथम शहीदको नाममा स्मृति भवन र पार्क निर्माण

शनिबार, २२ माघ २०७८, १४ : ४६
शनिबार, २२ माघ २०७८

रौतहटको फतुवा विजयपुर नगरपालिकामा शहीद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ । नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउँले फतुवा विजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसहीमा स्मृति पार्क निर्माण  गरिएको हो ।

जनयुद्धको क्रममा फतुवा विजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो शहीद हुन । महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरीबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेक गर्ने क्रममा दुर्घटनावश मृत्यु भएको नेता त्रिभुवन साहले जानकारी दिएका छन् ।

जनयुद्धको क्रममा रौतहटमा १८४ जना माओवादी कार्यकर्ताको मृत्यु भएको तथा १० जना कार्यकर्तालाई सुरक्षाकर्मीले बेपत्ता बनाएको माओवादी केन्द्रीय सदस्य समीर भट्टराईले बताएका छन् । बेपत्ताको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको भट्टराईले जानकारी दिएका छन् । रौतहटको प्रथम माओवादी सहिद पत्नीको हैसियतले गत स्थानीय निर्वाचनमा माओवादीले दिएको टिकट बाट निर्वाचित भएर हाल कान्ति देवी महतो फतुवा विजयपुर नगरपालिकाको उपमेयर रहेकी छिन् ।

तराई मधेस सहिद स्मृति प्रतिष्ठानको लगानी तथा चन्दा सहयोगमा ३ कठा जग्गा खरिद गरेर २ करोड भन्दा बढीको लगानीमा भवन निर्माणको काम पूरा भैसकेको तथा स्मृति पार्कको द्रुतगतिमा निर्माण कार्य भइरहेको वडा अध्यक्ष सञ्जय साहले जानकारी दिएका छन् । जनयुद्ध दिवसको अवसरमा अगामी फागुन १ गते पूर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले स्मृति भवन र पार्कको उद्घाटन हुने निर्धारण गरिएको उपमेयर  कान्ति देवी महतोले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप