नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप, अमेरिकाले दियो बधाई
![नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप, अमेरिकाले दियो बधाई](https://rpcdn.ratopati.com/media/albums/khop_L0y4yS8I8B.jpg)
अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।
अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ : ‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन समेत झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक, सामग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ। नेपालीहरू भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं।’
यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरुले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेनन् : दुवाडे
-
एभरेस्ट बैंकद्वारा बझाङमा शाखा विस्तार
-
कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो
-
विधेयकप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घद्वारा शिक्षा समितिको ध्यानाकर्षण
-
सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा