मेगा क्यापिटलले स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने, ल्यायो आकर्षक अफर
शनिबार, २२ माघ २०७८, १३ : २७
मेगा क्यापिटलले कोभिडको समयमा अग्रभागमा रहेर महामारीविरुद्ध लड्ने स्वास्थ्यकर्मीको पोर्टफोलियो म्यानेज गर्ने भएको छ । मेगाले आफ्नो व्यक्तिगत जीवनभन्दा देशवासीको जीवन रक्षामा खट्ने स्वास्थ्यकर्मीको सम्मानस्वरूप पोर्टफोलियो म्यानेज गरिदिने भएको हो ।
स्वास्थ्यकर्मीको सम्मानस्वरूप ल्याएको आकर्षक योजनामार्फत कम्पनीले वार्षिक ५० प्रतिशत छुटमा पोर्टफोलियो म्यानेज गर्ने बताइएको छ । यस्तै, पोर्टफोलियो म्यानेजबाट एक्जिट हुँदा समेत ५० प्रतिशत छुट पाइने भएको छ ।
यस्तै, क्यापिटलले महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी गर्न वित्तीय सल्लाह दिने भएको भने स्वास्थ्यकर्मीको मागअनुसार साप्ताहिक र मासिक रिपोर्टिङ समेत गर्ने भएको छ । स्वास्थ्यकर्मीले न्यूनतम ३ लाख रुपैयाँको लगानबाट २०÷२५ प्रतिशतसम्मको प्रतिफल पाउने क्यापिटलले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र