शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोक क्याम्पसमा ‘हल्ट प्राइज एट आईओई’ प्रतियोगिता आयोजना

शनिबार, २२ माघ २०७८, १३ : २५
शनिबार, २२ माघ २०७८

पुल्चोक क्याम्पसमा ‘गेटिङ द अल्र्ड ब्याक टु वर्क’ थिममा आधारित वार्षिक प्रतियोगिता हल्ट प्राइज एट आईओई आयोजना भइरहेको छ । यो प्रतियोगितामा देशभरका ११ वटा इन्जिनियरिङ कलेजहरु समेटिएका छन् । यो कार्यक्रम क्याम्पस कार्यक्रममध्ये विश्वकै टप अन कार्यक्रमका रुपमा फिचर्ड भएको थियो ।

कार्यक्रम एक महिनाभर चार उद्यमशिलता टक सिरिज र दुई वर्कशप चल्नेछ । हाम्रो पात्रो, फुडमाण्डुका कार्यकारी निर्देशक मानसी अग्रवाल, सतिश गैरे जस्ता राष्ट्रिय र अन्तराष्ट्रिय गेष्ट स्पिकरहरु पनि कार्यक्रमा सहभागि हुनेछन् ।  

इन्जिनियरिङ विद्यार्थीहरुको प्रयासमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसको कार्यशालामा कुल १०६ उद्यमी टिमहरुले रेजिष्टर गरेका थिए जसमध्ये ५० टिमहरुले सेमिफाइनलमा प्रवेश पाएका छन्। ३ देखि ४ युनिभर्सिटी लेबलका विद्यार्थीहरुले बनेको हरेक टिमलाई उनीहरूद्वारा पेश गरिएको बिजनेश प्रपोजलका आधारमा चयन गरिएको हो।

हल्ट प्राइज एट आईओई( २१/२२) को सेमिफाइनल यही फेब्रुअरी पाँचमा रहेको छ। सेमिफाइनलमा विश्वकै चर्चित उद्दमी र आइकोनिक व्यक्तिहरु श्री पियुष वर्मा, श्री मोहम्मद जिया उद्दिन, श्री तुषार जाधव, सुश्री क्रिस्टिन गोल्ड, श्री आयुष बत्ती, श्री अशोक कोइराला, श्री निशेष तिवारी  निर्णायकमा रहेका छन् भने ५० टिमहरुले यिनै निर्णायकहरु सामू आफ्ना व्यपार विचारहरु पेश गर्नेछन् जस मध्ये १८ टिमहरुलाई फाइनलका लागि चयन गरिनेछ । 
  
यसबाहेक कार्यक्रमले केही विशेष उद्यमीहरूलाई गेष्ट स्पिकरहरुका रुपमा पनि होष्ट गर्नेछ । यस सालको हल्ट प्राइज एट आईओईको सेमिफाइनल विगतका वर्षभन्दा अझ भव्य र सभ्य हुने अनुमान गरिएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप