चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता

चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरुसँग उनले भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा उनले सबै राष्ट्र तथा सरकार प्रमुखहरुसँग दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गरेका थिए । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वका बारेमा पनि उनीहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रपति जिनपिङले काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि, टर्कीका राष्ट्रपति गुर्वान्गुली बेर्डीमुखामेडोभ, सर्वियाका राष्ट्रपति अलेकजेण्डर भुसिकलगायतसँग शनिबार भेटवार्ता गरेका हुन् ।
उनले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै