आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिजि नेटले १५ दिन ‘फ्री ट्रायल’ दिने

शनिबार, २२ माघ २०७८, १२ : ५१
शनिबार, २२ माघ २०७८

सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सिजि नेटले जनाएको छ ।

सिजि नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनका अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।

सिजि नेटले हाल ९ सय ९९ रुपैया प्रति महिनामा १२० एमविपिएसको उच्च गतिको इन्टरनेट र  ६ सय ४९ रुपैया प्रति महिनामा पचास एमविपिएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ । न्यून शुल्कमा गुणस्तरिय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरुको पहिलो रोजाइमा आफूहरु रहेको कम्पनीले बताएको छ । सिजि नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप