मोरङ हत्याकाण्ड : थप २ जना आरोपी सार्वजनिक
मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप २ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जनाएको छ ।
यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।
मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाई छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
