ल्याङ्गरद्वारा प्रशिक्षक पदबाट राजीनामा
शनिबार, २२ माघ २०७८, १० : ३६
जस्टिन ल्याङ्गरले अस्ट्रेलियाको पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । ५१ वर्षीय पूर्व खेलाडीको करार यही जुनमा सकिँदै थियो । उनले करार अवधि थप गर्न अस्वीकार गरेको बताइएको छ ।
सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भएको बल टेम्परिङ स्क्यान्डलपछि उनले अस्ट्रेलियाको नेतृत्व सम्हालेका थिए । स्क्याण्डलपछि तत्कालिन मुख्य प्रशिक्षक डेरेन लेहमानले राजीनामा दिएका थिए । यसबीचमा उनले टी२० विश्वकप र एसेज जित्न सफल भए ।
आगामी मार्चमा २४ वर्षमा पहिलो पटक अस्ट्रेलिया पाकिस्तानको भ्रमणमा जाँदैछ । सहायक प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले टोलीले नेतृत्व गर्ने अपेक्षा गरिएको छ । दुई टोलीबीच तीन टेस्ट, तीन एक दिवसीय खेल र एक टी२० खेल हुनेछ ।