शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी ५ साउथ फिल्म जसको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् दर्शक

शनिबार, २२ माघ २०७८, ०९ : ५४
शनिबार, २२ माघ २०७८

पछिल्लो समय भारतमा साउथ (दक्षिण भारतीय) फिल्मले राज गर्न सफल छ । साउथका एक्सन र युनिक कहानी हिन्दी फिल्मका दर्शकले समेत रुचाउन थालेका छन् । जसका कारण  साउथका स्टारको समेत पूरै देशमा पहिचान हुन थालेको छ । अल्लु अर्जुनको ‘पुष्पा’ पछि दर्शकलाई साउथका केही फिल्मको प्रतिक्षा रहेको छ । ति ५ फिल्म यस्ता रहेका छन् ।

आरआरआर  
निर्देशक राजामौलीको बहुप्रतिक्षित फिल्म आरआरआर एक ठुलो बजेटको फिल्म हो । फिल्ममा जुनियर एनटीआर, रामचरणको अलवा अजय देवगन, अभिया भट्टको समेत अभिनय रहेको छ । एक्सनले भरपुर फिल्म २०२२ को जनवरी ७ मा रिलिज हुने तयारीमा थियो । तर कोरोनाको कारणले फिल्मको रिलिज स्थगित भयो । अव फिल्म २५ मार्चमा रिलिज हुनेछ ।

केजीएफ च्याप्टर २ 
साउथकी फिल्म केजीएफलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको थियो । त्यसपछि दर्शकलाई ‘केजीएफ च्याप्टर २’ को प्रतिक्षा रहेको छ । फिल्ममा अभिनेतान यश, संजय दत्तकाको एक्सन समेत समेटिएको छ । अभिनेत्री रविना टन्डन फिल्ममा राजनीतिक नेताको भुमिकामा रहेका छन् । फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुनेछ ।

राधे श्याम 
प्रभास अभिनित फिल्म राधेश्याम १४ जनवरी २०२२ मा रिलिज हुने तयारीमा थियो । कोरोनाले गर्दा फिल्मको रिलिज सरेको छ । फिल्ममा प्रभासको अलवा पूजा हेगडे, भाग्यश्रीको समेत अभिनय रहेको छ । फिल्म ११ मार्चमा रिलिज हँुदैन ।

वलीमई 
अजीत कुमारको एक्सन थ्रिलर फिल्म ‘वलिमई’ दर्शकलाई मनोरञ्जन दिन तयार रहेको छ । फिल्मलाई बोनी कपुले बनाएका हुन् भने निर्देशन विनोद नेले गरेका हुन् । फिल्म २५ पेब्रुअरीमा रिलिज हुनेछ ।

कारु वारी पाटा 
साउथ सुपरस्टार महेश बाबुको फिल्म ‘सरकारु वारी पाटा’ एक्सन थ्रिलर फिल्म हो । परशुरामले निर्देशन गरेको फिल्ममा १२ मे रिलिज बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप