शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हजारौँ छुराको भन्दा चारवटा विरोधी अखबारको शक्ति ज्यादा हुन्छ

शनिबार, २२ माघ २०७८, ०८ : ५८
शनिबार, २२ माघ २०७८


१, पूर्वीय दर्शन कोरा दर्शन मात्र नभई जीवनदर्शन हो, जसबाट हामीले धेरै कुरा सोच्न र सिक्न सक्छौँ । मोहनचन्द्र अधिकारी 
२, परिवर्तन संसारको नियम हो, जहाँ जीवन र मृत्युसँगै खेलिरहेको हुन्छ । जसलाई हामी मृत्यु भन्छौँ त्यसैबाट जीवन सुरू भइरहेको हुन्छ, जसलाई जीवन भन्छौँ मृत्युले त्यसैलाई खेलाइरहेको हुन्छ । श्रीमद्भगवद्गीता
३, हजारौँ छुराको तुलनामा चारवटा विरोधी अखबारको तागत ज्यादा हुन्छ । त्यसैले यीबाट हमेशा डराउने गर्नुपर्छ । नेपोलियन बोनापार्ट

४, सपना देख्नु मात्र ठूलो कुरा होइन । जति नै ठूलो सपना देखे पनि कर्मविना त्यसको औचित्य सिद्ध हुन्न, हुनैसक्दैन थोमस एल्बा एडिसन
५, हामी सबै अरू जस्तै हौँ । हामीलाई डर पीडा भएजस्तै अरूलाई पनि हुन्छ । त्यसैले अरूलाई कष्ट हुने काम गर्नुहुँदैन । गौतम बुद्ध 
६, अरूको भावनासँग खेल्नु राम्रो होइन । यस्तो खेलमा पहिलो कुरा त जित कहिल्यै हासिल हुन्न । कदाचित भइहालेछ भने पनि त्यस व्यक्तिलाई जीवनभर गुमाउनुपर्ने हुन सक्छ । विलियम शेक्सपियर
७, आफू उभिएको स्थानबाटै सुरू गर्नु, जुन चीज आफूसँग छ त्यसैलाई प्रयोग गर्नु र जुन काम गर्न सकिन्छ त्यही काम गर्नु नै सफलताको पहिलो खुड्किलो हो । अल्बर्ट आइन्स्टाइन
८, आफ्ना लागि मात्र बाँच्नेहरूलाई कसैले पनि वास्ता गर्दैनन् । जो अरूका लागि बाँच्ने प्रयास गर्छ उसका लागि बाँच्ने अरू नै हुन्छन् । परमहंस योगानन्द
९, सुख मानिसको मानसिक तथा आत्मिक शान्ति हो, जुन त्यतिबेला प्राप्त हुन्छ, जतिबेला मनमा सन्तोषको भावना पैदा भएको हुन्छ । स्वेट माडेन
१०, अधिकांश मानिस स्वतन्त्रता चाहँदैनन् किनभने स्वतन्त्रतासँगै जिम्मेवारी पनि थपिएर आएको हुन्छ । सिग्मण्ड फ्राइड
११, प्रत्येक क्रियाको प्रतिक्रिया पनि हुन्छ भन्ने कुरा कसैले पनि बिर्सनुहुँदैन । सत्यसाई बाबा
१२, क्रोध त्यस्तो विष हो, जसले सम्पूर्ण अङ्ग जलाएर निस्क्रिय पार्छ । आचार्य चाणक्य
१३, निरन्तर असफल हुँदा पनि उत्साह नहराउनु नै सफलता हो । विन्स्टन चर्चिल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप