शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

शनिबार, २२ माघ २०७८, ०८ : ०९
शनिबार, २२ माघ २०७८

प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप