शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश
शनिबार, २२ माघ २०७८, ०७ : ०८

पोर्न फिल्म मामिलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।
अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारबाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरूलाई पहिला नै सुरक्षा दिइसकेको बताए । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।
अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?