एमसीसी संसद्मा लैजाने तयारी

प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ ।
संसद्मा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् । सम्बन्धि मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । जसबाट अर्थमन्त्रीको ठाउँमा अन्य कुनै मन्त्रीले एमसीसी टेबुल गर्न बाधा पर्दैन ।
सभामुखको अनुमतिले संसद्मा एमसीसी टेबुल भएपछि मन्त्रीले वक्तव्य दिनुपर्छ । मन्त्रीले वक्तव्य दिएपछि अर्को कुनै बैठकमा एमसीसीबारे सामान्य छलफल गरियोस् भनी प्रस्ताव गरिन्छ । सामान्य छलफल समाप्त भएको १२० घण्टापछि संशोधन गर्न सकिने व्यवस्था छ । एमसीसीको हकमा संशोधन राख्न नमिल्ने अवस्था छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार