सुदूरपश्चिमः सङ्क्रमितभन्दा निको हुने दोब्बर
शुक्रबार, २१ माघ २०७८, २१ : ५०
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ । शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।
गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार ५९को नमूना परीक्षण गर्दा १२५मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ४८ र एन्टीजेनमार्फत ७७ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ३२६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि बिहीबार यस प्रदेशमा १७२ मा सङ्क्रमण पुष्टि हुँदा २२४ निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान