मैदान खराब भएपछि पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन
शुक्रबार, २१ माघ २०७८, २१ : ४७
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।
उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको थियो । जारी लिगमा पुलिस आठ खेलमा सात अङ्क जोडेर ११औँ स्थानमा रहेको छ भने समान आठ खेल नै खेलेको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत र उद्धारमा लाग्न माओवादी कोशी प्रदेश समितिको आग्रह
-
काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार
-
मुख्यमन्त्री कार्कीले गरे कोशी ब्यारेजको अनुगमन, सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह
-
बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ५१ जना बेपत्ता
-
बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता
-
१४ स्थानमा नदीको जलसतह खतराको तहमाथि