बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा युवतीको शव फेला : हत्या आशङ्कामा श्रीमान् र ससुरा पक्राउ

शुक्रबार, २१ माघ २०७८, १९ : १५
शुक्रबार, २१ माघ २०७८

कपिलवस्तुमा  गाडेको अवस्थामा एउटी २० वर्षीया युवतीको  शव उत्खनन गरी त्यहाँको प्रहरीले शुक्रवार पोस्टमार्टम  गर्न अस्पताल पठाएको छ ।  जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेको हो ।

उनको हत्या गरी गाडेको आशङ्कामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय  अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको  त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीले जानकारी दिए ।  

उनका अनुसार माघ १९ गते राति बिरामी थिइन् । पछि  झुन्डिएर मृत्यु भई भन्दै केही छिमेकीलाई समेत बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएको थियो । हिजो साँझ  ८ बजे मात्र झुण्डाएर हत्या गरी शव सदगत गरेको भन्ने सूचना पाउन साथ प्रहरी त्यहाँ शव पुगेर उत्खनन गरेको थियो ।  लगत्तै हत्या आशङ्कामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरिरहेको छ ।  

एसपी केसी भन्छन्, ‘मृतकको श्रीमानले म इन्डियामा थिएँ , हिजो मात्रै घर आएको हुँ भन्छन् तर  हो होइन भन्ने कुरा त्यहाँ पुगेर बुझ्दैछौँ र अनुसन्धान गर्दछौँ।  युवतीको माइती घर  सीमा क्षेत्रको भारतमा हो । उनीहरू बीच ९ महिना अघि मात्र विवाह भएको एसपी केसीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप