सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता

शुक्रबार, २१ माघ २०७८, १७ : ५७
शुक्रबार, २१ माघ २०७८

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो । 

रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ । भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युविक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए । 

यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसीयाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाइन अवरोध गर्ने चेतावनी दिएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप