बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा गैरसांसदलाई मन्त्री बनाउने तयारी

शुक्रबार, २१ माघ २०७८, १७ : ५२
शुक्रबार, २१ माघ २०७८

कर्णालीमा नेकपा माओवादीबाट गैरसांसदलाई मन्त्री बनाउने तयारी थालेको छ ।  माओवादीबाट कर्णाली प्रदेशमा मन्त्रीका लागि हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने तयारी थालेको हो ।  कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले माग २३ गते आइतबार कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

नेकपा माओवादी केन्द्रले नैतिक पतन देखिने र फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका र पाँच हजार जरिवाना तिरेका छिरिङ दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस समेत गरेको हो । 

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार लामालाई ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो । 
 
लामालाई १२ सय वर्ष पूरानो मूर्ति चोरीको आरोप  

मन्त्रीमा सिफारिस गरिएका लामालाई चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पूरानो मूर्ति चोरी गरेको आरोपमा पक्राउ समेत परेका नेता हुन् ।

उक्त मूर्ति चोरीको आरोपमा लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । 

प्रहरीले मुद्दा दायर गरेपछि अदालतका न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते फैसला सुनाएका थिए । उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो । तर लामाले भने २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको पाइएको छ ।

अधिवक्ताका अनुसार कुनै पनि व्यक्ति कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै सार्वजनिक पदमा बहाल हुनु नैतिकताका आधारमा उपयुक्त नहुने मानिन्छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सचेतक ठम्मर विष्टले कर्णाली प्रदेशमा मौलाएको गैर सांसद र गैरराजनीतिक प्रकरणबारे कडा टिप्पणी गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत गैरसांसदलाई मन्त्री बनाउने तयारीप्रति व्यंग्य गर्दै टिप्पणी गरेका हुन् ।

यस्तो छ विष्टको फेसबुक स्टाटस :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप