सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि सर्‍यो पुलिस र च्यासलको खेल

शुक्रबार, २१ माघ २०७८, १६ : ४२
शुक्रबार, २१ माघ २०७८

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लब बीचको खेल तालिका पुनः परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो ।

यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।   खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेको थिएन ।

यस्तै एन्फाले लिगको १० औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १० औं चरणका खेलहरूको तालिका भने सार्वजनिक गरिएको छैन ।  नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप