बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जेसिबीले ठक्कर दिँदा महिलाको मृत्यु

शुक्रबार, २१ माघ २०७८, १६ : १७
शुक्रबार, २१ माघ २०७८

गएराती नवलपरासी (पूर्व) को एक क्रसर  उद्योगभित्र  जेसिबीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।  देवचुली नगरपालिका–१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र जेसिबीको ठक्करबाट सोही क्रसर उद्योगभित्र क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली नगरपालिका–१२ की ४० वर्षीया निर्मला कुमारी महतको मृत्यु भएको हो ।

 जेसिबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको देवचुली अस्पताल दलदलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप